दफा ५८
“लिई आउने वा अह्राएको” व्यक्तिलार्ई भुक्तानी दिनुपर्ने चेकको दायित्वबाट मुक्ति
“लिई आउने” लार्ई भुक्तानी दिनुपर्ने चेकको हकमा चेकको पछाडि जस्तोसुकै दरपीठ गरिएको भए तापनि लिई आउनेलार्ई रीतपूर्वकको भुक्तानी दिएपछि र “अह्राएको”लार्ई भुक्तानी दिनुपर्ने चेकको हकमा भुक्तानी पाउने वा निजले दरपीठ गरिएको व्यक्तिलार्ई रीतपूर्वकको भुक्तानी भएपछि ड्रयी आफ्नो दायित्वबाट मुक्त हुनेछ ।